समाचार
आज बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहनुका साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा...
कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा सञ्चालन गर्ने भएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को बैशाख पहिलो हप्तादेखि संचालन गर्ने जनाएको हो । परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने...
हेटौंडा जेसीजद्वारा आयोजित वतृत्वकलामा पौडेल प्रथम
मकवानपुर । हेटौंडा जेसीजले आयोजना गरेको राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । उनले नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा पोखराकी सुस्मा आचार्य दोस्रो र नवलपुरकी पुजा पराजुली तेस्रो भएकी छिन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र...
बागमती मन्त्रिपरिषद् : चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान
मकवानपुर । बागमती प्रदेश सरकारले चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । सोमबार बसेको प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले हस्तकला ग्राम स्थापना तथा संचालन गर्न बनेको विद्येयक २०८० प्रदेश सभामा...
बागमती प्रदेश सभा : प्रतिपक्षका सांसदले अवरोध गरेपछि…
मकवानपुर । बागमती प्रदेश सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र अन्य प्रतिपक्ष दलका सांसदहरुको अवरोधपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुर्नविचारको लागि फिर्ता पठाएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ५६३ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५६३ पुगेको छ । जिल्लामा सोमबार थप ८ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २ जना,...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका–४ बस्ने ३६...
अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रमुख आयुक्त राइले नेपालको संविधानको धारा २९४ बमोजिम राईले सोमबार आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेश गरेको...
सोमबार नेप्सेमा झिनो अंकको सुधार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार...
‘भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउँछौँ’
मकवानपुर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउने प्रयासहरू भइरहेको बताएका छन् । गृहमन्त्री श्रेष्ठले सोमबार हेटौंडामा आयोजित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपाल अनलाइनको वार्षिकोत्सको उद्घाटन गर्दै यस्तो बताएका हुन् । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा संचालन भइरहने बताउँदै...










