समाचार
रक्त चन्दनको काठसहित ८ जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ पत्थरकोटबाट अवैध रक्त चन्दनको काठसहित प्रहरीले आइतबार बिहान ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवराज नगरपालिका–३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका–७ पोखेडाँडा...
डोजर दुर्घटनामा परेर युवकको ज्यान गयो
दाङ । रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दाङको राप्ती गाउँपालिका–३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् । दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा १ ज ११८७ नम्बरको जेसीबी आइतबार साँझ रोल्पा नगरपालिका–१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको...
अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि…
काठमाडौं । पोखराका लागि आज बिहानै उडेका दुई वटा विमान काठमाडौं नै फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् । बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले बतायो ।
बागमती प्रदेश सभा बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने र प्रदेश मामिला समितिमा छलफलको लागि पठाउने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले...
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
दाङ । दाङमा आज बिहा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा अनियन्त्रित भई दुर्घटनामा...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहनुका साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...
मकवानपुरमा थप ११ जना डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप ११ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ६ जना, मनहरी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका एक जना, बकैया गाउँपालिकाका...
सिरहामा बस दुर्घटनाः दुईको मृत्यु, २५ घाइते
जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक...
मनकामना केबलकार दुई दिन बन्द हुने
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ ।...
बागमती प्रदेश सभा : सरकारी कामकाजको भाषा सम्बन्धि विधेयकमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा उक्त विधेयकमाथि सौद्धान्तिक छलफल भएको हो । उक्त विधेयक संस्कृतिक, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सौद्धान्तिक छलफल गरियोस् भनि संसदमा प्रस्ताव टेबुल गरेका...










