समाचार
एमाले कोशीको नयाँ नेतृत्वको लागि मतदान हुँदै
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्वको लागि आज मतदान हुँदैछ । नयाँ नेतृत्वको लागि अपरान्ह ५ बजेदेखि मतदान हुने भएको हो । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन ।...
मोटरसाइकल दुर्घटना हुँदा गुरुङको मृत्यु
काठमाडौं । काठमाडौंको तिनकुनेस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको...
मकवानपुरमा एक पुरुष मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ देवटार बस्ने ५३ वर्षीय भिमलाल स्याङ्तान मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, स्याङ्तान आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका हुन् । उक्त घटनाको बारेमा...
आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ अंकले घटेर १९७१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा ६७ लाख २३ हजार ४०० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजारको कारोबार भएको छ...
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नियमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो । निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको...
डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको...
प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सर्वदलीय बैठक आह्वान गरेको छ । प्रधानमन्त्री प्रचण्ड चीनबाट स्वदेश फर्किएलगत्तै सात दलीय बैठक आह्वान गरेका हुन् । बैठक आज ११ बजे बस्ने गरी आह्वान गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग...
सरुन परियार बने मिस्टर मकवानपुरको बिजेता
मकवानपुर । तेस्रो मिस्टर मकवानपुरको बिजेता सरुन परियार बनेका छन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताको बिजेता ७० केजी तौल समूहका परियार बनेका हुन् । उनी विजेता भएसँगै एक लाख नगद मेडल र ट्रफि प्राप्त गरेका छन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको नगर...
बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा यसअघि बसेको प्रदेश सभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा...
मकवानपुर प्रहरीद्वारा अवैध गाँजा नष्ट
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानबाट बरामद गरिएको ठूलो मात्राको लागूऔषध गाँजा शनिबार जलाएर नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको १ हजार ३९ किलो ३९५ ग्राम लागूऔषध गाँजा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको मकवानपुरका प्रहरी नायव...










