मंगलबार राष्ट्रिय शोकको घोषणा
काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणमा परेर मृत्यु भएका १० नेपाली विद्यार्थीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शमाले सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको जानकारी दिइन् ।
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् ।
सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको पनि उनले उल्लेख गरिन् ।
