समाचार
बागमती प्रदेश सभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा केही घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो । ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने र प्रदेश मामिला समितिमा पठाइने कार्यसूची रहेको छ...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय र चाँदीको तोलामा २० रुपैयाँले घटेको नेपाली सुनचाँदीको महासँघले जनाएको छ । महासंघका अनुसार, सोमबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार...
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्यूठान । २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विक रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, विकले ती युवतीलाई गत भदौ...
लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । मंगलबार सो पार्टीको पदाधिकारी बैठक बस्ने भएको हो । सो पार्टीको पदाधिकारीसहित नयाँ केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्ने भएको हो । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय कार्य समिति सर्वजनिक गरेको छ ।...
सरकारले ७२ अर्ब ३१ करोड आन्तरिक ऋण उठायो
काठमाडौं । चालू आर्थिक वर्षमा सस्तो ब्याजदरमै सरकारले ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका लागि केन्द्रीय बैंकमार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै उक्त रकम बराबरको आन्तरिक ऋण उठाएको हो । आर्थिक वर्षको असोज १४ गतेसम्ममा १० पटक गरी...
१० लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर घर भएका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा...
दाङमा डेंगू संक्रमणबाट एक जनाको मृत्यु
बुटवल । दाङमा आज बिहान डेंगू संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पास्थित माडी गाउँपालिका वडा नम्बर २ निवासी ५१ वर्षिय यज्ञबहादुर डाँगी रहेका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निमित्त डाइरेक्टर डा. रमेश कडेलले जानकारी दिए । उनका अनुसार,...
प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पदाधिकारी बैठक आह्वान गरेका छन् । बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो । चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक आह्वान गरेको पदाधिकारीका एक सदस्यले जानकारी...
हेटौंडामा सवारी दुर्घटना, ९ जना घाइते
मकवानपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा–१५ चुरिमाइस्थित आज बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते...
ज्येष्ठ नागरिक दिवसमा हेटौंडाका ९५ जना सम्मानित
मकवानपुर । मकवानपुरको हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा रहेका ६० वर्षदेखि ११२ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रममा प्रत्येक वडाका...










