नेपालगञ्जमा कर्फ्यू पूर्णरुपमा हटाइयो

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार १५:३४

नेपालगञ्ज । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू पूर्ण रुपमा हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जनाएकोे छ ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले असोज १६ गते मंगलबार १ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको थियो ।

अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो । यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिको समयमा कर्फ्यू कायमै राखिएको थियो ।