समाचार

इजरायल आक्रमणमा परेका १७ जनाको अवस्था सार्वजनिक

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको हो । जसमध्ये १० जनाको मृत्यु भएको जनाइएको छ भने तीन जना उपचाररत, तीन जना सकुल र एक...

मोटरसाइकलको ठक्करबाट हेटौंडाका पौडेल गम्भीर घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सानो गंगटेस्थित आइतबार साँझ मोटरासइकलले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी...

सशस्त्र प्रहरीद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस संचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने भएको छ । चाडपर्वको समयमा घर विदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि संचालन भएको...

पाल्पामा पहिरोले डोजर पुरिँदा खड्काको मृत्यु

बुटवल । पाल्पा सडक मर्मत गर्ने क्रममा पहिरोले डोजर पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोजर चालक दाङ शान्तीनगर गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय धनबिर खड्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पाल्पा रामपुर नगरपालिका–१० टोक्सेमा सडकखण्ड मर्मत गर्ने क्रममा बा २ क १९५७...

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू–भागबाट पनि बाहिरिएको जनाएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो । महाशाखाका अनुसार, हाल नेपालको पूर्वी तथा मध्य भागमा...

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ । मकवानपुर प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले उक्त योजना अन्तर्गत प्रहरी निरीक्षक (इन्सपेक्टर)...

हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३०० खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ५७७ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५७७ पुगेको छ । जिल्लामा आइतबार थप ७ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५७७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आइतबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना र इन्द्रसरोवर गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि...

बागमती प्रदेश सभा : जेष्ठ सदस्य अधिकारीद्वारा प्रतिवेदन प्रस्तुत

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा प्रदेश मामिला समितिले एउटा विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको छ । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हो । प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त...

खुकुरी प्रहारबाट बाबुको मृत्यु, छोरा पक्राउ

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–९ टक्सार बस्ने ६० वर्षीय दिलबहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै छोरा २८...