समाचार
यो साता सुनको भाउ तोलामा ३४ सयले घट्यो
काठमाडौं । यो साता सुनको भाउ ओरालो लागेको छ । गत साताको तुलनामा यो साता ३ हजार ४०० रुपैयाँले सुनको भाउ घटेको हो । असोज ७ गते प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८ हजार ८०० सय रुपैयाँमा झरेको हो...
एमाले बागमतीको नयाँ नेतृत्व चयनका लागि साढे ११ बजेदेखि मतदान हुने
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहान साढे ११ बजेदेखि मतदान सुरु हुने भएको छ ।निर्वाचन कमिटीले अघिल्लो निर्वाचन कार्यतालिका संशोधन गर्दै नयाँ सार्वजनिक तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यतालिका अनुसार, मतदान शुक्रबार बिहान ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टासम्मका लागि...
सिन्धुलीमा गाडी दुर्घटना, १० जना घाइते
काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक आज बिहान गाडी दुर्घटना भएको छ । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...
मिस्टर मकवानपुरको तयारी पूरा
मकवानपुर । असोज १३ अर्थात भोली शनिबार हेटौंडामा हुने पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स २०८० तथा महिला फिजिक्स प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल शारीरिक संगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक सुनिल मोक्तानले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा विभिन्न...
एमाले बागमती अधिवेशन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । उम्मेदवारको अन्तिम नामावली बिहीबारको मितिमा शुक्रबार बिहान सार्वजनिक गरिएको हो । सार्वजनिक अन्तिम नामावली अनुसार, एमाले बागमतीको अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुनेछन् । जसमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेल रहेका...
बागमती सरकारले महिला उद्यमीलाई प्रविधिका लागि बिउ पुँजी उपलब्ध गराउने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको १३ महिला उद्यमीलाई प्राविधिका लागि बिउ पुँजी उपलब्ध गराउने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार, उद्यम गर्न चाहने प्रदेशको १३ महिलालाई आवश्यक प्रविधिका लागि बिउ पुँजी उपलब्ध गराउने भएको हो । मन्त्रालयले महिला उद्यमशीलता विकास वित्तीय पहुँच,...
डिजेल चोरी गर्ने दुई जना पक्राउ
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको...
एमालेको कोशी प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । दुई दिनसम्म संचालन हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ...
आज आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै त्यसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेका जनाएको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू–भागको...
एमाले बागमती अधिवेशन : नयाँ नेतृत्वको लागि आज मतदान
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार आज मतदान हुने भएको हो । एमाले नेतृत्वले सहमतिमै प्रदेश कमिटी चयन गर्न गरेको प्रयास असफल भएपछि आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा...









