हेटौंडामा जितिया पर्व मनाइयो
मकवानपुर । लथारु महिलाहरुको महान पर्व जितिया पावौन हेटौंडामा पनि शुभकामना आदनप्रदान गरी मनाइएको छ ।
थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरी जितिया पर्व मनाएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष लिलाकुमार घलान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय प्रतिनिधी एवम् मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य दिप्सन चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
