समाचार
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै
मानसरोवर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने...
हेटौंडा १६ : स्नातक तहका विद्यार्थीलाई नि:शुल्क शिक्षा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १६ नम्वर वडा कार्यालयले स्नातक तहका विद्यार्थीहरुलाई नि:शुल्क शिक्षाको प्रबन्ध मिलाएको छ । स्थानीय विद्यार्थीहरुलाई स्नातक तहको अध्ययनको लागि वडाले सम्पूर्ण खर्च व्यहोर्नेगरी प्रबन्ध मिलाइएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताए । ‘पछिल्लो समय कक्षा– १२ अध्ययनपश्चात् अधिकाँश विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेशिने गरेको र...
मकवानपुरका खेलाडीको दुर्घटना बीमा
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीको दुर्घटना बीमा गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका अध्यक्ष भेष खड्कीले समिति अन्तरगत रहेका खेलाडीको बीमा गरिदिएको जानकारी गराएका हुन् । अध्यक्ष खड्कीका अनुसार, समितिले १० जना खेलाडीको प्रतिव्यक्ति पाँच लाखका दरले ५० लाखको सामूहिक...
हेटौंडामा घरायसी विवाद हुँदा तीन जनामाथि चिर्पट प्रहार, एक पक्राउ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज दिउँसो चिर्पट प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बद्रीनाथका बाबु ७३ वर्षीय रामजी मौनाली, आमा ७३ वर्षीया माया मैनाली र भाई ४० वर्षीय केदार मैनाली रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका वडा नम्वर...
इन्द्रजात्रा हेर्न हनुमानढोका पुगे राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा अवलोकनका लागि हनुमानढोका पुगेका छन् । इन्द्रजात्रामा बिहीबार तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथयात्रा हुनेछ । रथयात्रा सुरु हुनु अगाडि राष्ट्रपति त्यहाँ पुगेका हुन् । यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादव पनि...
उडान नियम उल्लंघन गर्ने २ कम्पनीका हेलिकप्टर उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई कम्पनीका हेलिकप्टरको उडानमा रोग लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने हेलिकप्टर उडाएपछि दुई कम्पनीका ‘एएस ३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो । यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल...
दुई महिनामा ६ करोड ४४ लाखको तास भित्रियो
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो २ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा साढे ६ करोड रुपैयाँ बराबरको तास भित्रिएको हो । सो अवधिमा चीन र भारतबाट धेरै आयात भएको देखिएको छ...
एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेले गरे उम्मेदवारी फिर्ता
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आन्तरिक छलफलपछि उनले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरे । निर्वाचन अन्तरगत अब ढुंगेलसहित चार जना अध्यक्षका उम्मेदवार कायम...
जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान जाँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ जान लागेका पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार...
नारायणी नदीमा नुहाउने क्रममा डुबेर दुई युवक बेपत्ता
भरतपुर । नारायणी नदीमा नुहाउने क्रममा डुबेर आज बिहान दुई युवक बेपत्ता भएका छन् । बिहान करिब ७ बजेको समयमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक...










