हेटौंडामा अटोको ठक्करबाट ४ वर्षीय बालक घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ ठूलोदमार चौकमा अटोको ठक्करबाट एक जना बालक घाइते भएका छन् ।
रामधुनीबाट बकैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १४५१ नम्बरको अटोको ठक्करबाट स्थानीय सानु बाबु ब्लोनको ४ वर्षीय छोरा सन ब्लोन घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार, शुक्रबार साँझ ६ बजेर १५ मिनेट बजेको समयमा बाटो क्रस गर्ने क्रममा अटोले बालकलाई ठक्कर दिएको थियो ।
अटोको ठक्करबाट बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीले अटो चालक बकैया गाउँपालिका वडा नं.७ हिरामुनी बस्ने ३४ बर्षीय गंगा बहादुर न्यासुर (तामाङ) लाई नियन्त्रणमा लिई घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको जनाइएको छ ।
