समाचार
आज मधेस प्रदेशमा सार्वजनिक विदा
जनकपुरधाम । मधेस प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका...
आज मौसम सामान्यतया सफा रहने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज दिउँसो कोशी, बागमती, गण्डकी र...
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै
ल्हासा । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू...
आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै
काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका...
हेटौंडाको नागस्वतीमा टोलस्तरीय फुटबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा आगामी असोज २३ गतेबाट टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता नवज्योति टोल विकास संस्थाअन्तर्गत् भीआईपी फुटबल टिमको आयोजनामा हुने भएको हो । आयोजकले बुधबार बिहान हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । प्रतियोगिता...
काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न निर्देशन दिएको छ । बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको हो । यस्तो...
एमालेद्वारा डाक्टर कुट्नेलाई तत्काल कारबाही गर्न माग
काठमाडौं । नेकपा एमालेले डाक्टरहरुमाथि निरन्तर भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका...
मकवानपुरमा थप ९ जना डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप ९ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, मकवानपुरगढी, मनहरी, बकैया र राक्सिराङ गाउँपालिकाका एक/एक जनामा डेंगू संक्रमण...
गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, चालक नियन्त्रण
विराटनगर । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेससहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स नेपालकै...
मधेस प्रदेशमा भोलि सार्वजनिक विदा
जनकपुरधाम । मधेस प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन्...









