शुक्रबार सुनचाँदीको भाउ स्थिर

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार १५:४५

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी भाउ स्थिर रहेको छ । बिहीबार प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको भाउ समेत स्थिर रहेको छ । यसअघि बिहीबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।