समाचार
इराकमा विवाह स्थलमा आगलागी, १०० जनाको मृत्यु
काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगोलागी हुँदा एक सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा बढी घाइते छन् । इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे यो घटना भएको हो । आगलागीको कारण भने खुलेको छैन । यद्यपि पटाका पड्काएपछि...
हेटौंडा–२ संगमचोक क्षेत्रमा बजार अनुगमन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ संगमचोक क्षेत्रमा मंगलबार अनुगमन गरिएको छ । संगमचोक क्षेत्रमा रहेका किराना पसल, होटल र रेष्टुरेन्ट, मिठाई पसलमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको संयोजकत्वमा भएको उक्त अनुगमन टोलीले ७ वटा किराना पसल र ४ वटा होटल,...
आजबाट इन्द्रसरोवरमा निःशुल्क आँखा शिविर
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आजबाट ३ दिने निःशुल्क आँखा शिविर हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा गाउँपालिकाको विभिन्न ५ स्थानमा निःशुल्क आँखा शिविर हुने भएको हो । पालिकाको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीका अनुसार, आज पहिलो दिन अर्थात बुधबार फाखेल स्वास्थ्य...
आज देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी...
गोली हानी भारतीय युवकको हत्या
बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजेको समयमा २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । प्रहरीका अनुसार, सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । सिंहसँगै...
सालको काठसहित हेटौंडाका तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध सालकको काठसहित मंगलबार दिउँसो तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं.१६ शक्तिश्वरबाट ३८ दशमलव २५ क्यु फिट सालको चिरान काठसहित तीन पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय ५५ वर्षीय बालकृष्ण चौलागाईँ, ३८ वर्षीय नेत्रबहादुर मगर र ५३ वर्षीय...
एमाले बागमती प्रदेश अधिवेशन : आजदेखि निर्वाचन प्रकृया सुरु
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको आजबाट निर्वाचन प्रकृया सुरु भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको हो । एमाले नेता शेर बहादुर तामाङका अनुसार, आज मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी...
प्रधानमन्त्री प्रचण्ड आज ल्हासा जाँदै
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदै छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल...
आज विश्व पर्यटन दिवस मनाइँदै
काठमाडौं । आज विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको...
२२ प्रहरी गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन आउन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन निर्देशन दिएको हो । साथै कार्यालयको सम्पर्कमा आउँदा...










