एमाले गण्डकीको नयाँ नेतृत्व चयनको लागि मतदान जारी

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार १६:१०

कास्की । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी छ । सोमबार सुरु भएको अधिवेशन नेतृत्वमा सहमति जुटाउने बहानामा लम्ब्याइएको थियो ।

बिहीबार बिहानसम्म पनि सहमति नजुटेपछि आज दिउँसोबाट मतदान सुरु भएको हो । पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधिले मतदान गर्दैैछन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ ।