समाचार

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी बोलाएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी...

राष्ट्रिय सभा बैठक सर्यो

काठमाडौं । यही असोज १२ गते बस्ने गरी अँवहान गरिएको राष्ट्रिय सभा बैठक सरेको छ । बैठक असोज १८ गतेसम्मका लागि सरेको सङ्घीय सांसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन गरिएको हो ।

नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सो बारे जानकारी गराएका हुन् । उनले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ...

हेटौंडामा राप्ती खोलाले बगाउँदा बालकको मृत्यु

मकवानपुर । हेटौंडामा आज दिउँसो राप्ती खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ भैरवरोड बस्ने १० वर्षीय संसाद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो आफ्नो परिवारसंग...

दाङमा यात्रुवाहक बस दुर्घटना, २५ जनाभन्दा बढी घाइते

तुलसीपुर । दाङको लमही नगरपालिका–९ शिवखोलामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक रात्रिबस दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उक्त बसमा ४५...

कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ । संघीय संसद्...

एमाले बागमती प्रदेश अधिवेशन : आज बन्दसत्र

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनअन्तरगत आन बन्दसत्र हुँदैछ । हाल प्रज्ञा भवन कमलादीमा बन्दसत्र जारी रहेको एमालेले जनाएको छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन...

विश्वविद्यालय स्थापनाका लागि बागमती प्रदेशद्वारा आवेदन माग

मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहने गरी प्रदेश सरकारले विश्व विद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि...

हेटौंडामा घण्टाघर निर्माण हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा घण्टाघर निर्माण हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० बसपार्कमा चालु आर्थिक वर्षमा घण्टाघर निर्माण गर्न लागिएको हो । हेटौंडा–१० नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षबाट घण्टाघर निर्माण गर्न लागेको वडाध्यक्ष फुर्बा दोर्जे लामाले जानकारी दिए । हेटौंडाको बसपार्कमा पारिजातसंगै रहने र...

मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

मकवानपुर । मकवानपुरमा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र विभिन्न गाउँपालिकाका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । जिल्लाको हेटौंडामास्थित रहेको एक मात्र जिल्ला अस्पतालमा अहिले दैनिक १ सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि आउने गरेको...