बागमती प्रदेश सभा : एउटा विधेयक समितिमा पठाउन स्वीकृती प्रदान

तु खबर संवाददाता
२०८० आश्विन १७, बुधबार १७:३९
file-photo

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकले एउटा विधेयक समितिमा दफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको छ ।

बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा दवाफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको हो ।

उक्त विधेयक संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले वातावरण समिति पठाइयोस् भनि प्रस्ताव टेबुल गरेका थिए ।

प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको  जानकारी दिए ।