निराजनको खोजी कार्य जारी, इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमले ‘ट्रचर’ दिएको रहस्य बाहिरियो
हेटौंडा । तत्कालिन मेघा बैंक हेटौंडा शाखाका प्रमुख निराजन देवकोटा (निरञ्जन) सोमबार साँझ धादिङ्को त्रिशुली नदिमा हामफालेर वेपत्ता भएका छन् । वर्षापछि आएको त्रिशुलीको भेलमा हामफालेका निरन्जनको मृत्यु भएको आँकलन गरिएको छ । तर, हालसम्म उनको शव भने फेला परेको छैन ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले दबाब दिएपछि मानसिक तनाव सहन नसकेर उनले नदिमा हामफालेको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ ।
सोमबार बैंकको केन्द्रीय कार्यालयमा हाकिमहरुले ट्रचर दिएपछि घर फर्कँदै गरेका देवकोटाले नदिमा हामफालेको बुझिएको छ । देवकोटा सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्वर ५ घाटवेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्तासमेत खोलेर त्रिसुली नदिमा हाम फालेका थिए ।
धादिङका प्रहरी प्रमुख गौतम मिश्रले सोमबार साँझै नै माछा मार्ने एक व्यक्तिले हाम फालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी पुग्दा बा.प्र ०३–००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला परेको बताए । प्रहरीले हालसम्म पनि देवकोटाको जीवित वा मृत शरिर भेट्टाउन नसकिएको र खोजी कार्य जारी रहेको बताएको छ ।
मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटालाई मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाईको कारण राजिनामा दिएका थिए । मर्जरपछि राजिनामा दिइसकेका उनलाई नउठेका ऋणको छानविन गर्न भन्दै पटक पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक तनाव दिइँदै आएको रहस्य बाहिर आएको छ । त्यसरी ट्रचर दिनेहरुमा सिईओ ज्योति प्रकाश पाण्डेको संलग्नता छ वा छैन भन्ने पुष्टि हुन बाँकी छ ।
स्रोतका अनुसार नदिमा हाम फालेका देवकोटाले सुसाइड नोट समेत लेखेको र सो सुसाइड नोटमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओसहितका व्यक्तिहरुको गाली गलौज र दवावका मुख्य कारण खुलाएको जनाइएको छ । यद्यपि सुसाइड नोटबारे पुष्टि हुन बाँकी छ ।
घटनाको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति पाण्डेसँग जिज्ञाशा राख्दा जवाफ दिन चाहेनन् । जागिर छोडिसकेको व्यक्तिलाई बैंकले नै बोलाएर काठमाडौं आएको र फर्कदा घटना भएकोले बैंकका उच्च व्यवस्थापकमाथि आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने सम्भावना समेत देखिएको छ ।
पीडित परिवार हेटौडा उपमहानगरपालिका २ चौकीटोलका बासिन्दा हुन् । उनी नारायण देवकोटाका छोरा हुन् । नारायण देवकोटा हेटौडाका सहकारी अभियान्ता हुन् ।
