समाचार
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–६ घर भई काठमाडौं महागरपालिका–३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ...
चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न सर्कुलर जारी
काठमाडौं । चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए ।...
नेपाल र चीनबीच केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो । मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२०...
डेंगू संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु
बुटवल । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगू संक्रमणबाट मृत्यु भएको हो । उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सारुलाई असोज ५ गते अस्पतालमा...
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको जनाएको छ । साथै आज भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको र त्यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...
दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५ सयसम्म साट्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । यस वर्ष घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट...
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको बिश्रामपुर नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं नार्गाजुन...
कोशी प्रदेशमा थपिए २ मन्त्री र २ राज्यमन्त्री
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै, रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि...
पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ भने अरु २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी १७...
लोसपाको ३११ सदस्यीय केन्द्रीय समिति गठन
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विस्तारित समितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । जसमा महन्थ ठाकुर अध्यक्ष रहेका छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीन जनाले वरिष्ठ नेताको जिम्मेवारी पाएका छन् । नेता सर्वेन्द्रनाथ शुक्लालाई...










