समाचार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच आज बिहान भेटवार्ता भएको छ । उनीहरुबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले...

अवैध रुपमा रुख काटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी रहेका छन् । उनलाई झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा पक्राउ गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । वन कार्यालयका अनुसार, उनमाथि भन्सार क्षेत्रमा रुख काटेर...

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना, २ जनाको मृत्यु

रुपन्देही । सल्यानमा आज बिहान तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहनुका साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस...

राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाँदै छन् । जानकी मन्दिर दर्शन गर्न जाने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका हुन् । यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने...

विद्यालय शिक्षा विधेयक सच्याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । पार्टी निकट नेपाल मुस्लिम संघले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो विधेयकलाई सच्याउन काँग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग...

हेटौंडाबाट अवैध मदिरासहित ५ जना भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध मदिारासहित हेटौंडा–१५ रातोमाटेस्थित सडकखण्डबाट ५ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भन्सार छली ल्याइएको ८५५ बोतल विभिन्न ब्राण्डका मदिरासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ पर्नेहरुमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष...

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । सर्वोच्च अदालतमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो । उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी छ । अदालत स्रोतका अनुसार आगामी मंसिर १८ मा निर्णय सुनाउने...

मकवानपुरमा थप २५ जना डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप २५ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका २४ जना र भीमफेदी गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि भएको हो...

मकवानपुरमा एक पुरुष मृत फेला

मकवानपुर । मकवानपुरमा आइतबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको थाहा नगरपालिका–४, रुप्से बस्ने ३७ वर्षीय दिनेश लामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको...