समाचार

जसपाले आजदेखि विधान अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आजदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ । जसपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।...

राहत र पेन्सन बन्चित शिक्षकको आन्दोलन आज पनि जारी रहने

काठमाडौं । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकको आन्दोलन आज पनि जारी रहने भएको छ । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने जानकारी गराएको हो । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहनुका साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको जनाएकोे छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि...

प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने भएका हुन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने...

खाल्डोमा परेर एक बालकको मृत्यु

जनकपुरधाम । धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए ।...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ४७० पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४७० पुगेको छ । जिल्लामा शनिबार थप ५ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शनिबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ४ जना र मकवानपुरगढी गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको उनीविरुद्धको बालिका बलात्कारको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता...

आन्दोलनरत शिक्षकसँग आइतबार संसदीय समितिले छलफल गर्ने

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले आइतबार छलफल गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग आइतबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको भवन नम्बर २ मा छलफल गर्ने भएको हो । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन...

खुकुरी प्रहारबाट महिलाको मृत्यु, २ जना घाइते

दाङ । दाङको तुलसीपुरमा शनिबार दिउँसो खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार, शनिबार दिउँसो साढे २ बजे स्थानीय...

मलेसिया पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटी रहेका छन् । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीका...