जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्यूठान । २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विक रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, विकले ती युवतीलाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगि जबरजस्ती करणी गरेको र सोही कारण बस्न गको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भनि प्रहरीमा उजुरी परेको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
