हेटौंडामा सवारी दुर्घटना, ९ जना घाइते
मकवानपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा–१५ चुरिमाइस्थित आज बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परेर घाइते भएकाहरुको हाल पहिचान खुलेको छैन । उनीहरुलाई उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ ।
दुवै सावारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
