समाचार

राष्ट्रपति पौडेलले गरे जिल्ला सभाहलको उद्घाटन

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ बीपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको उद्घाटन गरेका छन् । संघीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपियाँ लागतमा डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंद्वारा निर्माण गरिएको उक्त सभाहलको राष्ट्रपति पौडेलले शनिबार...

क्यानको अधिवेशनमा मतगणना सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । सचिव, ५ प्रदेशबाट चयन हुने सदस्य र खुला सदस्यमा भएको मतदानको मतगणना केहीबेर अघिबाट सुरु भएको हो । सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा रहेको छ...

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई भेटे

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई शनिबार भेटेका हुन् । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । चीन र नेपालको...

भारतले नेपालबाट सिधै बिजुली व्यापार खरिद गर्ने बाटो खुल्यो

काठमाडौं । भारतीय राज्यहरूले नेपालबाट सिधै बिजुली खरिद गर्ने बाटो खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, गत साताको बुधबार नयाँ दिल्लीमा भएको एक बैठकको सम्झौतापछि भारतीय राज्यले नेपालबाट सिधै बिजुली किन्ने बाटो खुलेको हो । दिल्लीमा सम्पन्न १४ औँ ‘ज्वाइन्ट टेक्निकल टिम’ (जेटीटी) को बैठकमा भएको सम्झौताअनुसार नेपाल र...

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असोज १० गतेसम्म लगाइने

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ आगामी असोज १० गतेसम्म लगाइने भएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म लगाइने भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले...

करेन्ट लागेर एक पुरुषको मृत्यु

तनहुँ । तनहुँको तनहुँ ब्यास नगरपालिकामा करेन्ट लागेर एक पुरुषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिकाको वडा नं. ११ मुलपानी बस्ने ५२ वर्षीय वीरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तामाङ आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाइते भएका थिए । उनलाई...

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा गएराति भीषण आगलागी भएको छ । राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीका अनुसार, जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा...

चीन पुगे प्रधानमन्त्री प्रचण्ड

चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार चीन पुगेका छन् । उनी शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका हुन् । प्रचण्ड संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं शहरमा पुगेका हुन । प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि...

खुकुरी प्रहार गरी एक जनाको हत्या

बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार, जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले हत्या गरेका हुन् । बिजुली...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती...