समाचार
पठनपाठन बन्द भएकोप्रति हेटौंडा उपमहानगरको ध्यानाकर्षण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठन बन्द भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्वारा संघीय संसदमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असहमति जनाउँदै शिक्षकहरुद्वारा घोषित आन्दोलनको कारण सामुदायिक...
हेटौंडा चिकित्सक कुटपिट प्रकरण : थप एक जना पक्राउ
मकवानपुर । चिकित्सक कुटपिट प्रकरणमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ३६ वर्षीय जीवन लामा रहेका छन् । उनलाई शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी...
प्रधानमन्त्री प्रचण्डको आजबाट चीन भ्रमण सुरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रचण्ड त्यहाँबाट सिधै आज चीनको हाङजाओ प्रस्थान गर्ने भएका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान...
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँछौँः प्रधानमन्त्री प्रचण्ड
न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई चाँडै तार्किक निष्कर्षमा पुर्याइने बताएका छन् । उनले त्यसका लागि सरोकारवालाहरुबीच सहमति जुटाउन प्रयास भइरहेको उल्लेख गरे । अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सम्बोधनको क्रममा उनले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको प्रमुख राजनीतिक मुद्दा भएको बताउँदै...
सर्लाहीमा अनिश्चितकालका लागि कर्फ्यु
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा (पुरानो मलंगवा) स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज राति १ बजदेखि अर्को आदेश (अनिश्चितकाल) जारी नभएसम्मका लागि मलंगवाका निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गरी सदमरमुकाम...
अवैध गाँजासहित हेटौंडाका स्याङतान र घलान पक्राउ
मकवानपुर । बारा प्रहरीले लागूऔषधसहित बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कोल्हबी नगरपालिका–२ भलुवाईखोरबाट २५ किलोग्राम लागूऔषध गाँजासहित हेटौंडाका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय रुद्र बहादुर स्याङतान र सोही उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय कुमार घलान रहेका...
जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु
चितवन । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । पछिल्लो २ महिनामा जंगली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार, बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको...
वृद्धाको हत्या गरेको आरोपमा दुई जना पक्राउ
गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१, श्यामचेतकी ७० वर्षीया सुनमाया लामाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँका ३१ वर्षीय कर्मा छिरिङ र १८ वर्षीय साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत भदौ ३० गते बिहान करिव दश बजे...
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन
काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । काठमाडौंको बीर अस्पतालमा उपचाररत भट्टको बिहीबार निधन भएको हो । स्व.भट्ट क्यान्सर रोगबाट पीडित थिए । डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२...
स्वास्थ्य मन्त्री बस्नेतद्वारा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मन्त्रालयका कामको प्रशंसा गरेका हुन् । स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रीय...










