१५ दिने भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

तु खबर संवाददाता
२०८० आश्विन १३, शनिबार १५:३०
पुरानो तस्बिर : तु खबर डटकम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । अमेरिका र चिनको १५ दिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्डको नेतृत्वको टोलि  नेपाल फर्किएको हो ।

अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत् केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चीनमा त्यहाँका राष्ट्रपति सि जिन पिङ तथा प्रधानमन्त्री, चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए ।