मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
काठमाडौं । मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका ५ वर्षीय टुकदर्शन गिरी रहेका छन् ।
प्रहरीका अनुसार, वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर ती बालक गम्भीर घाइते भएका थिए । घाइते उनलाई कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार मोटरसाइकल चालकको खोजीका र्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
अहिले आफन्तहरूले वीरेन्द्रनगरको मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन् ।
