समाचार
शिक्षक आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको असन्तुष्टि
काठमाडौँ । निर्वाचनका बेला शिक्षकको पक्षमा आवाज उठाउने राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकहरुको अहिलेको आन्दोलनको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ । रास्वपाले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेको हो । शिक्षकका पेशागत विकासका मागहरुमा आफूहरुको समेत समर्थन रहेको भन्दै उनले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न...
कांग्रेस बैठक शुक्रबार पनि जारी रहने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबारदेखि सुरु भएको बैठक भोलि पनि बस्ने भएको हो । पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह
काठमाडौँ । देशभरका शिक्षकहरुले आन्दोलन गरिरहेको बेला राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्दा बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको भन्दै आयोगले सम्वद्ध पक्षलाई संवेदनशील बन्न आग्रह...
विश्व दृष्टि दिवसका अवसरमा टिकटक प्रतियोगिता हुने
काठमाडौं । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले यही असोज २५ गते परेको विश्व दृष्टि दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार रुपैयाँसहित संघले...
दुई महिनामा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउन र भदौमा गरी सो रकम बराबरको विद्युत भारततर्फ निर्यात गरेको हो । प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र...
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
रौतहट । रौतहटको कटहरियामा दुर्घटनामा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीका अनुसार, देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५०...
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १...
रास्वपाद्वारा विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्न पाउने हक अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न...
हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती घाइते
मकवानपुर । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ बस्तीका ३० बर्षीय भोम्जन बाबु तामाङले आफ्नो श्रीमतीलाई ३० बर्षीया सरिता तामाङ निर्घात कुटपिट गरेका हुन् । भोम्जनको कुटपिटबाट ३० वर्षीया सरिता गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक (प्रवक्ता) लक्ष्मी...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुली, कपिलवस्तु र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स–डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित बुधबार...










