समाचार

सरकार र शिक्षकबीच आज औपचारिक वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेबाट सुरु हुने भएको हो । यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो । पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक आज बिहान पुनः ११ बजेदेखि सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक...

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु

बुटवल । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, झडपको...

शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

काठमाडौं । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको थियो । दुई पक्षबीचको वार्तामा बुँदागत रूपमा छलफल भएको भन्दै कानुनमन्त्री धनराज गुरुङले सकारात्मक छलफल भएको दाबी गरे ।...

नेपालद्वारा विविएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर

न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी नेपालका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । राट्रसंघको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालका तर्फबाट साउदले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौताले पृथ्वीमा...

कार्यबाहक प्रधानमन्त्रीले भनेः शिक्षकको माग पूरा गर्दा राज्यलाई भार पर्छ

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकको माग पूरा गर्दा राज्यलाई ठूलो भार पर्ने बताएका छन् । उनले शिक्षकलाई पेन्सन पाउन स्थायी शिक्षणको अवधि नपुगेमा १० वर्षसम्म अस्थायी शिक्षण अवधि गणना गर्नुपर्ने आन्दोलनरत शिक्षकको माग पूरा गर्दा अर्बौं भार पर्ने दावी गरे । कार्यबाहक प्रधानमन्त्री खड्काले अस्थायी शिक्षणको अवधि...

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेट

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच...

शिक्षकहरुले सडक किनारका बोटबिरुवा भाँचेपछि मेयर बालेन भए भावुक

काठमाडौँ । आन्दोलनको क्रममा शिक्षकहरुले माइतीघर–नयाँ नयाँबानेश्वर सडक किनारका बोटबिरुवा भाँचेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूले आन्दोलनका दोस्रो दिन बिहीबार सो क्षेत्रको बोटबिरुवा भाँचेका हुन् । एक दशकअघि सार्क शिखर सम्मेलनताका हरियाली प्रवर्द्धनअन्तर्गत् रोपिएका बिरुवा आन्दोलनका क्रममा केही शिक्षकले उखेलेका हुन् । आन्दोलनका क्रममा दुबो पनि...

माधवको झलनाथप्रति चित्तदुखाइ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ । अध्यक्ष नेपालले पछिल्लो समय नेता खनालप्रति चित्त दुखाउन थालेका छन् । पार्टीभित्रका कुरा बाहिर भन्दै हिँडेको भन्दै नेपालले खनालप्रति चित्त दुखाएका हुन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले खनालको...