करेन्ट लागेर एक युवकको मृत्यु
बुटवल । रुपन्देहीमा शुक्रबार करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
जिल्लाको सियारी गाउँपालिका–७ वन गाई बस्ने १८ वर्षीय राजेश यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको रुपदेन्ही प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेकने जनाइएको छ ।
