ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १२, शुक्रबार १८:४७

काठमाडौं । ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारम उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको थियो ।