डेढ लाख घुससहित कर्मचारी पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १२, शुक्रबार १७:३९
file-photo

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार डेढ लाख रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी रहेका छन् ।

उनीहरुलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका अनुसार, उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।