समाचार

सशस्त्र प्रहरीद्वारा बागमती नदीबाट एक व्यक्तिको उद्धार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गएराति बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्र प्रहरले जनाएको छ । प्रहरीका अनुसार, पानीको बहाव कम भएको बेला नदी...

आजदेखि देशभरका विद्यालयमा पठनपाठन बन्द हुने

काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका विद्यालयमा पठनपाठन बन्द हुने भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौंमा गएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित बन्ने भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौं गएका छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको जनाएको छ । जसको प्रभावले हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा गत साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान,...

काठमाडौँमा चल्न थाल्यो द्रुत बस

काठमाण्डौ । संघीय राजधानी काठमाडौँमा आजबाट द्रुत बस सेवा सु्रु भएको छ । संविधान दिवसको अवसर पारी सरकारले बस सेवा सञ्चालन गरेको हो । रत्नपार्कको शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र...

स्थानीयले मागे मुआब्जा, अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प

काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन अवस्थामा रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प रहेको छ । अरुण तेस्रोे प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत्गृहस्थल र प्रवेशमार्गको काम ठप्प भएको...

कार्यशैली सच्याउन सभापति देउवालाई नेता कोइरालाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन नेता डा. शेखर काइरालाले आग्रह गरेका छन् । शेखर–गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सच्याउन आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेको कांग्रेसका...

कुटपिटबाट हेटौंडाका स्याङ्तानको मृत्यु

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केवलानीमा कुटपिटमा परेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका स्थायी घर भएका २५ वर्षीय सुरेश स्याङतान् रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद हुँदा स्याङतानमाथि कुटपिट भएको थियो । मादक पदार्थ सेवन गरी...

गाडी दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौं । बाराबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार, निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज...

‘आन्दोलनको नाममा विद्यालय बन्द गर्नेलाई कारबाही गर्छौँ’

′′काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आन्दोलनको नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने जनाएको छ । शिक्षा विधेयक विरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकलाई लक्षित गर्दै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको हो । महानगरले आज सूचना जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न पत्रपत्रिकामा आएको समाचार र प्रेस...