दुई महिनामा ६ करोड ४४ लाखको तास भित्रियो

तु खबर संवाददाता
२०८० आश्विन ११, बिहीबार १७:०८
file-photo

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो २ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा साढे ६ करोड रुपैयाँ बराबरको तास भित्रिएको हो ।

सो अवधिमा चीन र भारतबाट धेरै आयात भएको देखिएको छ । चीनबाट ६ करोड १ लाख रुपैयाँ बराबरको तास आयात हुँदा भारतबाट ४३ लाख ६२ हजार रुपैयाँ बराबरको तास भित्रिएको छ ।

गत आर्थिक वर्षको दुई महिनाको अवधिमा १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको भएको थियो ।