लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ११, बिहीबार १६:३६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित लागूऔषधसहित गएराति एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्केस्थित राप्ती पुलबाट लागूऔषध नाईट्रोभेट (७० पत्ता) जम्मा १०५० पिससहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्वर १५ कोराक बस्ने अन्दाजी २३ वर्षीय बिकास मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोक्तानलाई प्रहरी चौकी बासामाडी बाट खटिएको गस्ती टोलिले उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका मोक्तानमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।