नारायणी नदीमा नुहाउने क्रममा डुबेर दुई युवक बेपत्ता

तु खबर संवाददाता
२०८० आश्विन ११, बिहीबार १६:४३
File Photo

भरतपुर । नारायणी नदीमा नुहाउने क्रममा डुबेर आज बिहान दुई युवक बेपत्ता भएका छन् । बिहान करिब ७ बजेको समयमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा आएका उनीहरु देवघाट आएका थिए । नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाको टोली खटिएको थियो ।

प्रहरी टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।