दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
दाङ । दाङमा आज बिहा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
