समाचार

मकवानपुर प्रहरीद्वारा चोरी मोटरसाइकलसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नंं.३ मुर्तिया बस्ने ३८ वर्षीय दुर्गाबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, स्थाङ्तानलाई हेटौंडा उपमहानगरपालिका वडा नं.१५...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोर अंकले घटेको छ । आज नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको...

दुई महिनामा ६७ अर्ब भन्सार राजश्व संकलन

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो दुई महिनाको अवधिमा राज्य कोषमा ६७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । सो अवधिमा विदेशबाट आयातित वस्तुमा लाग्ने करबाट ६७ अर्ब ४७ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको हो । अर्थ मन्त्रालयले साउन र भदौ महिनामा ८९ अर्ब १०...

सुन तस्करी प्रकरण : ‘अनुसन्धानमा सरकारको हस्तक्षेप हुँदैन’

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारको कुनै प्रकारको हस्तक्षेप नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले सीआईबीलाई...

जसपाको कोशी प्रदेश समिति पुनर्गठन

विराटनगर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कोशी प्रदेश समिति पुनर्गठन भएको छ । इटहरिस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र...

कांग्रेस केन्द्रीय बैठक सोमबार फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार पनि जारी रहने भएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेसँगै सो दिनको बैठक सकिएको छ । तर, बोल्ने नेताहरु अझै बाँकी रहेपनि बैठक सोमबार पनि निरन्तर रहने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले...

विद्यालय पुग्नै जोखिम

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर–१२ धेत्रेदमारस्थित काला भैरव प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बर्षाको समयमा पढाई छुट्ने चिन्ताले सताउँछ । वर्षाको समयमा बाटोमा पर्नेे धेत्रेखोला उर्लिएर आउँछ । बालबालिकाहरु खोला पार गर्न सक्दैनन् । खोला तारिदिने भेटे स्कुल जान्छन्, नत्र खोलाको किनारामा तारिदिने कोही आउँछ कि भन्ने आशमा...

काठमाडौंको दुई स्थानमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति

काठमाडौं । काठमाडौंको सतुंगल र चाबहिल गरी दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । जिल्लाको चन्द्रागिरि नगरपालिका–११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको र चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट...

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा र सर्लाही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ लक्ष्मी मन्दिर बस्ने ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्रामसहित शनिबार बिहान पक्राउ गरेको...

मातृभूमि साहित्य समाज मकवानपुरद्वारा दुई जना सम्मानित

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले दुई जनालाई सम्मान गरेको छ । मातृभूमि साहित्य समाजले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी दुई जनालाई सम्मान गरेको छ । संस्थाले वरिष्ठ संस्कृतिविद् एवम् प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ...