अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका–४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका–७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
