सोमबार नेप्सेमा झिनो अंकको सुधार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार भएको छ ।
आज ११ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकीका २ उपसूचकमा रातो पोतिएको छ ।
