समाचार

मकवानपुरमा डेंगू संक्रमितको संख्या ५०० नाघ्यो

मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ५०० नाघेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जनामा डेंगू संक्रमण पुष्टिसँगै संक्रमितको कूल संख्या ५११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो...

सोमबार ५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक ५ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । आज ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजारको कारोबार भएको छ । यसअघि आइतबार नेप्से परिसूचक १९ अंकले...

भाइरल ज्वरोका कारण दुई जनाको ज्यान गयो

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन् । स्थानीय दीर्घबहादुर शाहीका अनुसार, भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको आइतबार ज्यान गएको...

२५ वर्षपछि पक्राउ परे गैँडा मार्ने मुद्दाका चार फरार प्रतिवादी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्की रहेका छन् । वि.सं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका...

केपी ओलीले गरे एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी रहेका छन् । मङ्गलवार अधिवेशनको बन्द...

बैठकको निर्णय जानकारी गराउन कांग्रेसद्वारा पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकका निर्णयको जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । यही असोज ४ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज सकिँदैछ । बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकले संकटग्रस्त अर्थतन्त्र, वैदेशिक पलायन र महासमिति बैठक लगायतका सन्दर्भमा निर्णय गर्ने बुझिएको छ...

सर्लाहीमा आशिंक रुपमा कर्फ्यु हट्यो

सर्लाही । सर्लाहीको मलङ्वामा विगत पाँच दिनदेखि जारी अनिश्चितकालीन कर्फ्यु आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सर्वदलीय बैठकले राति मात्र कर्फ्यु कायम राख्ने र दिन लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कृष्ण जन्माष्टमी र गणेश चतुर्दशीमा मूर्ति सेलाउने...

सल्यान जिप दुर्घटना अपडेट : मृतक दुबै जनाको पहिचान खुल्यो

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा जिप चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर दुबै...

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । अधिवेशनको काठमाडौंको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच उद्घाटन गर्नेछन् । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट ¥याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट...

धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् । अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो । त्यस्तै, सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न...