दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब १९ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा ३९ लाख ६५ हजार ९७१ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । मंगलबार ट्रेडिङ उपसूचक सर्वाधिक १.४७ प्रतिशतले घटेको छ ।