५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा

तु खबर संवाददाता
२०८० आश्विन १६,मंगलवार १७:०६

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले ५ हजार ९३८ जना जवानहरुको सरुवा गरिएको जनाएको छ ।

सरुवा गरिएका जवानहरुले आगामी महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउने छन् ।