बझाङमा आधा घण्टामा २ पटक भूकम्पको धक्का महसुस

धनगढी । सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो आधा घण्टाको अवधिमा दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा र ३ बजेर ६ मिनेटमा गरी दुई पटक भुकम्पको धक्का महसुुस भएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको र ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको हो ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् र के–कति क्षति भयो भन्ने बारेमा विवरण आउन बाँकी रहेको जनाइएको छ ।