बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ६ जना घाइते

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बझाङमा भूकम्पबाट घाइते भएकाहरूमध्ये ५ जना बालबालिका रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
आज दिउँसो २ बजेर ४० मिनेटमा र ३ बजेर ६ मिनेटमा गरी दुई पटक भुकम्पको धक्का महसुुस भएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको र ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको थियो ।