एमाले कोशीको नयाँ नेतृत्वको लागि मतदान हुँदै

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार १६:२९

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्वको लागि आज मतदान हुँदैछ । नयाँ नेतृत्वको लागि अपरान्ह ५ बजेदेखि मतदान हुने भएको हो ।

यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ ।

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् ।

यस्तै, उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा शैलेश लामा र राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् ।