कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

तु खबर संवाददाता
२०८० आश्विन १५, सोमबार १३:४२

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय र चाँदीको तोलामा २० रुपैयाँले घटेको नेपाली सुनचाँदीको महासँघले जनाएको छ ।

महासंघका अनुसार, सोमबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख सात हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेर एक लाख आठ हजार र तेजावी सुनको मूल्य एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।