सरकारले ७२ अर्ब ३१ करोड आन्तरिक ऋण उठायो

काठमाडौं । चालू आर्थिक वर्षमा सस्तो ब्याजदरमै सरकारले ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।
५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका लागि केन्द्रीय बैंकमार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै उक्त रकम बराबरको आन्तरिक ऋण उठाएको हो ।
आर्थिक वर्षको असोज १४ गतेसम्ममा १० पटक गरी केन्द्रीय बैंकले ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो । अघिल्लो वर्षको तुलनामा सरकारले सस्तो ब्याजरमा ऋण उठाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा सरकारले औसत ८.६४ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।