हेटौंडाबाट काठमाडौं जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०८० आश्विन १७, बुधबार ०८:५६
file photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न सडकखण्ड आज बिहानैबाट अवरुद्ध बनेको छ ।

वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकप सडकखण्ड र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, ललितपुर जिल्लाको भटेटेडाँडास्थित पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको हो ।

यस्तै, कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तरगत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि बाटो अबरुद्ध बनेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

ती दुबै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात संचालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।