समाचार
सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु
काठमाडौं । ६० किलो ७ सय ग्राम सुन प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ । उक्त प्रकरण संलग्न प्रतिवादीहरुको बयान सकिएसँगै थुनछेक बहस सुरु हुने भएको हो । मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।...
मकवानपुरको राक्सिराङमा अवैध गाँजा खेती फडानी
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीले दिनहुँ गाँजा खेती फडानी गरेको छ । रासिक्राङको विभिन्न वडामा गाँजा फडानी गर्ने कामलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ९ अन्तर्गत धाधुङ, सुकेल तेन्चुराङ, राक्सिराङ गाउँपालिका वडा नम्बर–४ अन्तर्गत खुर्कोट, चौकीटार, साईतामा लगाइएको गाँजा...
किताबघरको पुस्तक प्रदर्शनी यात्रा सुरु
मकवानपुर । किताबघर, हेटौंडाको पुस्तक प्रदर्शनी यात्रा आजबाट सुरु भएको छ । हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको हो । असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका आठ वटा विद्यालय समेटिने भएका छन् । बालबालिकामा पठन संस्कृतिको विकास गराउन किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना...
६० किलो सुन प्रकरण : संलग्न प्रतिवादीको बयान सकियो
काठमाडौं । ६० किलो ७०० ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको हिराशतमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुने...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ५२१ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५२१ पुगेको छ । जिल्लामा मंगलबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५२१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जना, थाहा नगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका १ जना,...
प्रधानमन्त्री प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्यबीच भेटवार्ता
काठमाडौं । चीन भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युयान जीयाजुनबीच भेटवार्ता भएको छ । भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गरेका प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युयानबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । युयान छोङछिङ नगर कमिटीका अध्यक्ष समेत हुन्...
दोहोरो अंकले बढ्यो नेप्से, दुई अर्ब ९ करोडमाथिको कारोबार
काठकाडौं । आज साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८ अंकले बढेर २०२२ को विन्दुमा कायम भएको हो । आज ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख बराबरको कारोबार भएको छ । यसअघि...
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको शिवसताक्षी नगरपालिका–११ दुधेस्थित साकिरा यातायात प्रालिको काउण्टरबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो...
सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने
काठमाडौं । सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने भएको छ । चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने दुई देशबस्च सहमति भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन...
कतिमा कारोबार हुँदैछ मंगलबार सुनचाँदी ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले घटेको जानकारी दिएको हो । महासंघका अनुसार, भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० र तेजाबी...










